नियम
हुलाक प्रतिनिधि, वितरक र डाँक वाहक हुन चाहिने योग्यता

देहाय बमोजिमका योग्यता नभई कुनै व्यक्तिलाई अतिरिक्त हुलाकको प्रतिनिधि, वितरक वा डाँक वाहकमा
नियुक्त गर्नु हुदैनः–
(क) नेपाली नागरिक,
(ख) सोह्र वर्ष उमेर पूरा भएको,
(ग) नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट दोषी प्रमाणित नभएको,
(घ) नेपाली लेखपढ गर्न सक्ने र रोमन लिपि समेत जानेको,
(ङ) गणितको साधारण ज्ञान भएको ।
तर डाँक वाहकको लागि रोमन लिपि र गणितको ज्ञान हुनु अनिवार्य हुने छैन ।